मङ्लबार, कार्तिक २०, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • ‘एमालेको अभीष्ट पूरा गर्न सभामुखलाई जोडेर गरिएको प्रचार पूर्वाग्रहबाट प्रेरित’

‘एमालेको अभीष्ट पूरा गर्न सभामुखलाई जोडेर गरिएको प्रचार पूर्वाग्रहबाट प्रेरित’


कान्तिपथ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको विज्ञप्तिमा सभामुख अग्निप्रसाद सापकोटालक्षित धारणाप्रति सभामुखको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जारी गरेको विज्ञप्तिमा सभामुखलाई जोडेर गरिएको प्रचार राजनीतिक पूर्वाग्रहबाट प्रेरित भनिएको छ।

‘नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानुनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै बउनुभएका सम्माननीय सभामुखविरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुष्प्रचार देखजनक छ,’ न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँले बोलेको भनेर प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौँ।’

विज्ञप्तिमा आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्ने सबैमा अनुरोध गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत