जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन गर्ने निर्णय गरिएको छ । पार्टीको यही फागुन १६ गते बसेको कार्यकारिणी समितिको बैठकले ०७९ असार १ र २ गते विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
उक्त बैठकले फागुन २८ गते संघीय परिषद्को बैठक बोलाउने निर्णय पनि गरेको छ । साथै, फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने सोही बैठकबाट निर्णय गरिएको अधिकारीले जानकारी दिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ