आइतवार, अशोज ९, २०७९

भगवती क्लबको जित


कान्तिपथ


राजधानीमा आजदेखि सुरुआत भएको शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कप्लेक्समा आज भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै श्री भगवती क्लबले सुखद सुरुआत गरेको हो । भगवतीको जितमा अनिल गुरुङ, रमेश राई र मिलन खड्काले एक एक गोल गरे । यता झम्सिखेलका लागि भने मनकुमार राईले एक गोल फर्काए । खेलको २४औँ मिनेटमा अनिलले गोल गर्दै भगवतीलाई पहिलो अग्रता दिलाए । खेलको ३८औँ मिनेटमा झम्सिखेलका मनकुमारले गोल गर्दै खेलाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५१औँ मिनेटमा रमेशले गोल गर्दै भगवतीलाई २–१ को स्थितिमा ल्याए । खेलको ६३औँ मिनेटमा मिलनले गोल गर्दै भगवतीलाई ३–१ को जित दिलाए । यस जितसँगै भगवतीले तीन अङक जोडेको छ । यता झम्सिखेलले भने हारबाट लिगको सुरुआत गरेको छ । लिगमा १४ क्लबले सिङगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यसमा शीर्ष दुईभित्र पर्ने टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् । त्यस्तै अन्तिम स्थानमा रहने दुई टोली भने रेलिगेसनमा पर्नेछन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत