मङ्लबार, माघ १, २०८१

ललितपुरबाट २५ जुवाडे समातिए


कान्तिपथ


काठमाडौं–महानगरीय प्रहरी परिसर ललितपुरले जुवातास खेलेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ महालक्ष्मी नगरपालिका–४ ओचुहाइटस्थित बिनोदकुमार श्रेष्ठले सञ्चालन गरेको ओचु ब्याडमिन्टन क्लब घरबाट उनीहरुलाई पक्राउ गरिएको हो। 

उनीहरुबाट ४ लाख २९ हजार ५९० रुपैयाँ र तीस बुक तास पनि बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा 
रामेछाप उमाकुण्ड गाउँपालिका–३ का ५२ वर्षीय युबराज बस्नेत, ललितपुर धापाखेलका ४२ वर्षीय आशिष परियार, ललितपुर ओचोका ६३ वर्षीय बिनोद केसी, पर्साको ठोरी गाउँपालिका–४ का ४३ वर्षीय पञ्चबहादुर कालिकोटे, ओचोका ३६ को दिपेश केसी छन्।

भोजपुरका  ४२ वर्षीय सुजन उदास, ओचोका ४८ वर्षीय बिनोदकुमार श्रेष्ठ, आचोकै ४८ वर्षीय राधेश्याम श्रेष्ठ, मकवानपुरका ३२ वर्षीय लिलाबहादुर मगर, काभ्रेको धुलिखेल नगरपालिका–९ का ४७ वर्षीय हेमला खड्गी,रामेछापका ३५ वर्षीय निरोज तामाङ, काभ्रेको भिम्लु गाउँपालिका–८ का ३९ वर्षीय राजकुमार रिजाल, ललितपुर महालक्ष्मी नगरपालिका–८ का ४० वर्षीय हरिबहादुर खड्का, संखुवासभाका ३२ वर्षीय साजन राई, आचोका ४८ वर्षीय विन्देश खड्का छन्। 

त्यस्तैगरी रामेछापका ३३ वर्षीय विक्रम कुमार बस्नेत, सिन्धुपाल्चोकका ३६ वर्षीय कुलबहादुर तामाङ, रौतहटका३९ वर्षीय शत्रुधन खाँ, महालक्ष्मी नगरपालिका–२ का खडानन्द तिमिल्सिना, सिन्धुपाल्चोकका ३१ वर्षीय बिरु बोहरा, सिन्धुलीका ४८ वर्षीय केदार नेपाल, ललितपुर गोदावरीका ३० वर्षीय सागर महर्जन, महालक्ष्मी नगरपालिका–४ का २७ वर्षीय आशुतोष केसी, सोही ठाउँका ३० वर्षीय दिनेश खत्री र मोरङका ५२ वर्षीय मनोजकुमार दाहाल छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत