काठमाडौं । एमसीसी पास गर्न नेपाली कांग्रेसले माओवादी र एकिकृत समाजवादीको साथ लियो । स्थानिय निर्वाचनमा सहकार्य गर्ने आशले ति दलहरुले एमसीसी पास गर्न कांग्रेसलाई साथ दिएको भएपनि धोका पाउने भएका छन् । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् ।
कांग्रेस नेता महतले आफुले त्यस्तै अवस्था देखेको बताएका छन् । अहिले नै स्थानिय तहको निर्वाचनमा ति दलहरुसंग सहकार्य हुने अवस्था नदेखेको बताएका छन् । नेकपा एमालेको सत्ता ढालेर कांग्रेसलाई सत्तामा आउन सहयोग गरेका कम्युनिष्ट पार्टीहरुले फेरी एमालेलाई सत्तामा आउनवाट रोक्न एमसीसी पास गर्न सहयोग गरेका थिए । उनीहरु स्थानिय तह निर्वाचन सम्म कांग्रेससंग सहकार्य गर्न चाहन्छन् ।
तर सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता महतले विवादित एमसीसी सम्झौता पास गर्न सहयोग गरेका सत्तारुढ दलहरुसँग स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन् ।
उनले स्थानीय आवश्यतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क समेत गरे । तर यस विषयमा सत्तारुढ दलभित्र भने कुनै छलफल भइनसकेको महतले बताए । नेपाली कांग्रेस भित्र सत्ता साझेदार दलहरुबीच निर्वाचन सम्म पनि सहकार्य गर्ने भन्ने विषयमा कुरा मिलेको छैन । कांग्रेसका केही नेताहरुले कांग्रेस निर्वाचनमा एक्लै जानुपर्ने तर्क राखिरहेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ