सोमवार, बैशाख १५, २०८२

वर्षमानले सम्झाएपछि प्रचण्ड भेट्न खुमलटार पुगे नारायणकाजी


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहान छलफल भएको छ। संसदबाट एमसीसी अनुमोदनमा आफ्नो पार्टी माओवादी केन्द्र पनि सहभागी भएपछि श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट छन्। यस क्रममा उनले पूर्वएकताकेन्द्र पक्षधर समेटेर माओवादी केन्द्र नै छाड्ने तयारी गरेपछि प्रचण्ड राेक्ने प्रयासमा छन्।

बुधबार दिनभर पूर्वएकता केन्द्र र जनमोर्चानिकट नेताहरूबीच छलफल भएको थियो। पार्टी विभाजन हुन नदिन माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पनि श्रेष्ठसँग भेटवार्ता गरेका थिए।

त्यसलगत्तै आज बिहीबार बिहान श्रेष्ठले अध्यक्ष प्रचण्डलाई खुमलटारस्थित उनकै निवास पुगेर भेटेका हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत