युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको आठौं दिन पुगेको छ। ७ दिनको आक्रमणमा रुसले बालबालिकालाई पनि लक्षित गरी आक्रमण गरिरहेको युक्रेनको आरोप छ।
यसैबीच रुसी सेनाले किभमा रहेका मानिसलाई सुरक्षित सहर भासिलकिभ जान दिने बताएको छ। रुसको रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले यस्तो घोषणा गरेका हुन्। स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भने, ‘आम मानिसलाई सहरबाट बाहिर जान दिने कार्यमा रुसी सेनाको तर्फबाट कुनै समस्या हुने छैन।’
रुसले किभबाट आम मानिसलाई उद्धारको प्रस्ताव गरेको यो दोस्रोपटक हो। यसअघि गत सोमबार पनि रुसले भासिलकिभ जाने बाटो पूर्णरुपमा सुरक्षित रहेको मानिसहरुको लागि खुला रहेको बताएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ