एक नेपाली युवा प्रताप बस्नेत युक्रेनका तर्फबाट रुसविरुद्ध युद्ध लड्दै छन् । रुसविरुद्धको युद्ध लड्न आफू सेनामा भर्ती भएको उनले बताएका छन् । रुसले आक्रमण गरेपछि युक्रेनमा रहेका धेरै नेपालीलगायतका सर्वसाधरण राजधानी किभ छाडेका छन् । उनीहरु छिमेकी देश पोल्याण्ड, बेलारुस, जर्मनी लगायतका देश पुगेका छन् । उनले आफू युद्ध लड्न सेनामा भर्ती हुन लाग्दा डर नभई गौरव लागेको समेत बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको खुलाएका छन् । उनले आफूलाई युक्रेनले धेरै थोक दिएकाले अहिले परेका बेला युक्रेनका लागि रुसविरुद्ध युद्ध लड्न लागेको बताएका हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ