शनिबार, चैत्र ९, २०८१

नारायणकाजी पछि भीम रावललाई फकाउन पुगे विप्लव, के भयो कुराकानी ?


कान्तिपथ


काठमाडौ । एमसीसीका बारेमा पार्टीले लिएको निर्णय भन्दा फरक मत राख्ने नेताहरुलाई आफ्नो पक्षमा पार्न अहिले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव दौडधुपमा ब्यस्त छन् । एमसीसीको विरोधमा उत्रिएकाहरुलाई उनले एकताको प्रस्ताव राख्दै दौडधुपमा लागेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रैष्ठलाई भनेका विप्लवका नेताहरुले एमाले नेता भीम रावललाई पनि भेटेका छन् । विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्माले एमाले नेता भीम रावलाई भेटेका हुन् । बिहीबार बिहान नेता रावलनिवासमा नेताहरुबीच भेटवार्ता भएको हो ।

भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको विप्लवको सचिवालयले जनाएको छ । यसमा रावलले पनि सकारात्मक जवाफ दिएको सचिवालयको भनाइ छ । विप्लवले बुधबार माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका नेता झलनाथ खनाललगायतलाई समेत भेटेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत