शुक्रबार, बैशाख ६, २०८२

बागमती प्रदेशस्तरीय खेलकुद हुँदै


कान्तिपथ


वागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जिल्लास्तरीय खेलाडी छनोटको काम भइरहेको छ । चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालयका प्रमुख रामजी ढकालका अनुसार हालसम्म ब्याडमिन्टन, एथलेटिक्स, बक्सिङ र भलिबल खेलका जिल्लास्तरीय खेलाडी छनोट सकिएको छ ।

भिन्न आठ विधामा हुने छनोट प्रतियोगितामध्ये माडी र इच्छाकामनाले एक÷एक विधाका खेलाडी सहभागी गराएनन् भने रत्ननगर नगरपालिकाले पाँचवटा विधाको खेलकुदमा खेलाडी सहभागी नगराएको उहाँले बताउनुभयो । माडी नगरपालिकाले ब्याडमिन्टन, इच्छाकामना गाउँपालिकाले क्रिकेट तथा रत्ननगर नगरपालिकाले एथलेटिक्स, भलिबल, बक्सिङ, कराँते र फुटबलमा खेलाडी सहभागी गराएनन् ।

कार्यालय प्रमुख ढकालका अनुसार जिल्लास्तरीय प्रतियोगिताबाट ब्याडमिन्टनका छ महिला र छ पुरुष, एथलेटिक्सका १२ महिला र १२ पुरुष, बक्सिङका आठ महिला र १३ पुरुष तथा भलिबलका १२ महिला र १२ पुरुष खेलाडी छनोट भइसकेका छन् । बुधबार र बिहीबार फुटबल, बिहीबार तेक्वान्दो र कराँते तथा शुक्रबार र शनिबार क्रिकेट खेलका खेलाडी छनोट गरिने भएको छ । कराँतेका १० महिला र १० पुरुष, फुटबलका १८ महिला र १८ पुरुष तेक्वान्दोका १३ महिला र १३ पुरुष तथा क्रिकेटका १४ महिला र १४ पुरुष खेलाडी छनोट गरेर प्रदेश प्रतियोगितामा सहभागी हुन पठाइने कार्यालय प्रमुख ढकालले बताउनुभयो ।

जिल्लाबाट छनोट भएका सबै खेलाडीले यही फागुन २८ देखि चैत ५ गतेसम्म हुने बागमती प्रदेशस्तरीय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन् । हेटौँडामा उद्घाटन हुने सो प्रतियोगिताको समापन चितवनको माडीमा हुने बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य उत्तम गुरुङले जानकारी दिनुभयो । चितवनमा प्रदेशस्तरीय खेलकुदका भलिबलसहित अन्य दुई खेल हुने उहाँले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत