मङ्लबार, बैशाख ९, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • ‘पोल्यान्ड जान खोज्दा सयौं भारतीयलाई कुटपिट गरेर युक्रेन नै पठाइयो’

‘पोल्यान्ड जान खोज्दा सयौं भारतीयलाई कुटपिट गरेर युक्रेन नै पठाइयो’


कान्तिपथ


बेलारुस। हाल रुसले युक्रेनमा आक्रमण गरेको आज आठौं दिन भइसकेको छ। युद्ध रोकिने अवस्था छैन।यसबीचमा युक्रेनमा रहेका विदेशी नागरिक तथा विद्यार्थीहरुलाई युक्रेनको छिमेकी युरोपेली देश तिर जान आग्रह गरिएको छ। भारतले पनि आफ्ना नागरिकलाई पोल्यान्ड, रोमानियाजस्ता युक्रेनको छिमेकी राष्ट्र जान भनेको छ। युक्रेनमा युद्ध चलेकाले त्यहाँ विमानहरु गएका छैनन्।

यसबीचमा ज्यान बचाउन भारतीय विद्यार्थीहरु पोल्यान्डमा शरण माग्न पुगेका थिए। तर पोल्यान्डका सैनिकहरुले सयभन्दा बढी भारतीय नागरिकलाई कुटपिट गरेर युक्रेन नै फर्काइदिएको बेलारुसले जनाएको छ।

संयुक्त राष्ट्रसंघमा बेलारुसका राजदूत भ्यालेन्टिन रयबाकोभले पोल्यान्डका सुरक्षाकर्मीले भारतीय विद्यार्थीमाथि कुटपिट गरेको बताएका हुन्। उनका अनुसार २६ फेब्रुअरीमा भारतीय नागरिकहरु युद्ध छल्दै पोल्याण्डको सीमा क्षेत्रमा पुगेका थिए। तर शरण दिनुको साटो उनीहरुमाथि कुटपिट भयो। हाल यतिबेला ती विद्यार्थीहरु रोमानियाको शरणार्थी केन्द्रमा भएको जनाइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत