युक्रेनका धेरैभन्दा धेरै मानिसले प्रतिष्ठित टाइम पत्रिकाको कभरलाई एक–अर्कामाझ सेयर गरिरहेका छन् ।
वास्तवमा, टाइम म्यागजिनले आफ्नो कभर पेजमा जेलेन्स्कीलाई विशेष स्थान दिएको छ । साथै ब्याकग्राउन्डमा युक्रेनको झण्डाको रङ पनि छ ।
म्यागजिनको कभरमा लेखिएको छ – वोलोदिमिर जेलेन्स्की र युक्रेनका नायक ।
पत्रिकाले कभरमा युक्रेनियन भाषामा जेलेन्स्कीको भाषणको त्यो अंश समावेश गरेको छ जुन उनले हालै युरोपेली संसदको विशेष सत्रमा दिएका थिए ।
त्यो अंश थियो – मृत्युमाथि जीवनले जीत हासिल गर्नेछ र अन्धकारमाथि प्रकाशको जीत हुनेछ ।
युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले मंगलबार भिडियो लिङ्कमार्फत् युुरोपेली संसदको विशेष सत्रलाई सम्बोधित गर्दै आफ्नो देशमा जे भइरहेको छ त्यो एक त्रासदी भएको बताएका छन् ।
जेलेन्स्कीले भने, ‘हामीलाई कसैले तोड्न सक्दैनन् किनभने हामी युक्रेनियन हौँ ।’
अमेरिकी पत्रिकाको कभर स्टोरीमा रुसको आक्रमण सुरु हुँदा राजधानी किएभमा बस्ने विकल्प छानेर जेलेन्स्कीले इतिहास रचेको दाबी गरिएको छ । र यसैको परिणाम अमेरिका र उसको सहयोगी देश रुसविरुद्ध थप गम्भीर कारवाही गर्नका लागि अघि बढेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ