महाधिवेशनको निर्णयविपरीत अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गरेसँगै सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा ‘गम्भीर मतभेद’ उत्पन्न भएको छ । यो मतभेदले पार्टी नै विभाजनको संघारमा पुगेको स्वयं माओवादी केन्द्रका नेता कार्यकर्ताले बताउन थालेका छन् ।
एमसीसी अनुमोदन गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्णयको गम्भीर उल्लङ्घन गर्नुका साथै पार्टीको क्रान्तिकारी छवि समेत धुमिल पारेकाले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा रहिरहन नसक्ने नेता नारायणकाजी श्रेष्ठ पक्षको निष्कर्ष छ ।
प्रचण्डको पछिल्लो कार्यशैलीलाई लिएर खास गरी माओवादी केन्द्रमा रहेका पूर्व एकता केन्द्र समूहका नेताहरू श्रेष्ठसहित लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, पेशल खतिवडा लगायतका नेताहरू रुष्ट बनेका हुन् । श्रेष्ठ रुष्ट बनेपछि अध्यक्ष प्रचण्ड मंगलबार उनलाई भेट्न उनको निवास हात्तीवन पुगेका थिए भने बिहीबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा दुई नेताबीच पुनः भेटवार्ता भएको थियो । दुवै भेटवार्तामा अध्यक्ष प्रचण्डले नेता श्रेष्ठलाई पार्टी विभाजनको बाटो नरोज्न आग्रह गरेका थिए । जवाफमा श्रेष्ठले पत्रकार सम्मेलन गरेर आफूमाथि बढाएको दबाब के हो ? भनेर प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले अवेशमा आएर त्यसो भनेको जिकिर गरेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ