समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय विस्तारित बैठक तयारी गर्न मूल आयोजक समिति गठन गरिएको छ । सङ्गठनका इन्चार्ज जगन्नाथ खतिवडाको उपस्थितिमा तथा सङ्गठनका अध्यक्ष श्रेष्ठको सभापतित्वमा आज सम्पन्न पदाधिकारी बैठकले आगामी चैत १२ गते काठमाडौँमा गर्न लागिएको विस्तारित बैठकको तयारीका लागि सो समिति गठन गरेको हो ।
सङ्गठनका सबै विभागका प्रमुखलाई सम्बन्धित सदस्यसँगको परामर्श गरी विधागत कार्ययोजना एक हप्ताभित्र बुझाउन जिम्मेवारी दिइएको छ । बैठकले नेपाल कम्युनिष्ट पार्टी ९ एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुखसमेत रहनुभएका खतिवडा हालै ग्लोबल अर्गानाइजेशन अफ पार्लियामेण्टेरियन्स एगेन्सट करप्सनको ‘ग्लोबल डाइरेक्टर’ पदमा नियुक्ति हुनु भएकोमा बधाई एवं सफल कार्यकालको शुभकामना प्रस्ताव पारित गरेको छ ।
यही फागुन महिनामा सबै जिल्ला समिति गठन गर्न निर्देशन दिएको बैठकले विस्तारित बैठकपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको सङ्गठनका उपाध्यक्ष शन्तराम विडारीले जानकारी दिनुभयो । मूल आयोजक समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ