नविन कार्की: जनयुद्धको कमान्डर नारायण दाहाल र दुर्गा दाहालबीच ५० वर्षको वर्षगाँठको अवसरमा पुनः विवाह भएको छ, राजधानीको एक महँगो होटलमा उक्त उत्सव सम्पन्न भएको छ । दाहाल समग्र सामाजिक व्यवस्था परिवर्तनका लागि भनेर जनयुद्ध थालनी गर्ने कमाण्डर मध्येका एक हुन् । सर्वहारा वर्गको मुक्तिसँगै जनयुद्धको एउटा उद्देश्य हिन्दू सामन्तवादमा आधारित संस्कृतिको आमूल रूपान्तरण पनि थियो । पार्टीको केन्द्रिय सदस्य, बागमती प्रदेश सह-इन्चार्ज र अध्यक्ष समेत रहिसकेका दाहालकाे बैवाहिक जिवनकाे ५० ओै वार्षिकोत्सव समाराेहको यहाँ चर्चा गर्न खोजिएको छ । उनी आफुलाई पार्टीका अध्यक्ष प्रचण्डको भाई भनेर चिनाउने गर्छन । उनलाई बधाई दिन पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्ड, सभामुख अग्नि सापकोटा लगायत उपस्थित थिए ।
जनयुद्धको उदेश्य सांस्कृतिक रूपान्तरणसँगै जीवन, प्रेम, विवाह, परिवार, समाजको समग्र प्रगतिशील रूपान्तरण गर्नु थियो र त्यसको प्रारम्भ नेतृत्वबाट गर्ने अनि कार्यकर्ता र जनताको पङ्क्तिसम्म त्यसलाई लागु गर्दै लिएर जाने भन्ने थियो । जनयुद्ध कालमा थुप्रै प्रयत्न पनि भएका थिए, कतिपय योद्धाले बन्दुक साटेरसम्म विवाह गरे । माओवादीको संसदीय राजनीतिमा अवतरण र शान्ति प्रक्रियापछि भने केहि नेताहरुमा राजनैतिक-वैचारिक विचलन र पतनसँगै सांस्कृतिक विचलन पनि बढ्दै गएको छ ।
व्यवस्था परिवर्तन, रूपान्तरण गर्न सकिएन भने, पुरानै व्यवस्थामा रहेका संस्कार, परम्परा, अर्थव्यवस्था मान्नु अन्तिम विकल्प रहन्छ । यही नियम अनुसार पुरानै रूढिवादी परम्पराको प्रयोग गरी नारायण दाहालले भड्किलो विवाह उत्सव गरेका छन् । युद्धकालीन समयमा उनीहरुले नेपाली जनताका छोराछोरीलाई जे कुरा सिकाए, त्यसैको प्रतिविम्बन अहिले उनीहरु स्वयम्ले भोगिरहेका छन् । हिजो ‘जनवादी विवाह’ को नाममा उनीहरुले कार्यकर्तालाई गरगहना, दाइजोजस्ता चिजहरुबाट टाढै राख्न खोजे । त्यस्ता चिजहरुको मोहमा फस्नु हुँदैन भन्दै परम्परागत विवाह पूर्ण रुपमा बहिस्कार गर्न लगाए । तर, ती चिजहरु केका लागि बहिस्कार गरिएका हुन् ? कुनै वैज्ञानिक आधार र तर्क भने दिएनन् । साथै, त्यसका विकल्पमा उनीहरुले कुनै संस्कृति पनि निर्माण गर्न सकेनन् । उनीहरुले जनताका छोराछोरीलाई त्यस्तो कुरा सिकाए पनि आफू चाहिं त्यही चिजप्रति मोहित रहेछन् भन्ने कुरा आज उनीहरुका घटना–प्रसंगले नै उजागर गर्दछ ।
समाजको संस्कृति निर्माणमा व्यक्ति र समाजबीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ। अर्थात् हामी जनताजस्ता छौं नेता त्यस्तै बन्ने हुन्। नेताका विचार र व्यवहारले पनि समाजको संस्कृति निर्माणमा निकै प्रभाव पारेको हुन्छ। किनकि नेताको जीवनशैली अनुकरण गर्ने धेरै हुन्छन्। विज्ञान प्रविधिले गर्दा विश्व अहिले एउटा गाउँमा परिणत भएको छ। योसँगै पुँजीवादले विकास गरेको उपभोक्तावादी संस्कृति पनि हाम्रो समाजमा भित्रिएको छ।
दुनियाँको छोराछोरीलाई जनवादी विवाह गर्न सिकाएका र विवाह गर्ने सपनासम्म देख्न नसकेकाहरूको अगाडि युद्ध कमाण्डरको पुनः विवाह स्टेज बनाएर, सबै नेता, राज्यका उच्च पदस्थ व्यक्ति बोलाएर तामझामबीच बिहे उत्सव गर्न पर्ने बाध्यात्मक परिस्थितिको सृजना भएको छ । जनताको अभाव, भोकमरी, गरिबीभन्दा ठूलो बाध्यता पुनः विवाह थियो भनेर कसरी मान्ने ?
हिजो ‘जनवादी विवाह’ को नाममा उनीहरुले कार्यकर्तालाई गरगहना, दाइजोजस्ता चिजहरुबाट टाढै राख्न खोजे । त्यस्ता चिजहरुको मोहमा फस्नु हुँदैन भन्दै परम्परागत विवाह पूर्ण रुपमा बहिस्कार गर्न लगाए । तर, ती चिजहरु केका लागि बहिस्कार गरिएका हुन् ? कुनै वैज्ञानिक आधार र तर्क भने दिएनन् । साथै, त्यसका विकल्पमा उनीहरुले कुनै संस्कृति पनि निर्माण गर्न सकेनन् ।
पार्टी कमाण्डरसँगै अरूले पनि यही व्यवस्थामा आफ्नो सेटलमेन्ट खोजेर होला, महिला नेता परिवर्तित समाज निर्माणभन्दा सामन्तवादी, रूढीवादी समाजमा अस्तित्व खोज्न थाले । महँगा गहना, साडी, सिन्दूर पोते, सकेसम्म झपक्क देखिने सुनको हार यस्तै यस्तै लगाएर हिजोको पुँजीवादी महिलासँग प्रतिस्पर्धामा लागेको देखिन्छ । हिजो सिन्दूर पुछेर रुढीवादी परम्परा फाल्न लागेका महिलाहरू आज तथाकथित विधवा, बोक्सी, दलित महिलाको नाममा अहिले पनि मरिरहेका छन् । उपचार नपाएर, खान नपुगेर, बाँच्न नपाएको अवस्था धेरै छ । यो विषयमा पार्टीमा बहस किन हुन छाड्यो ? यसको उत्तर कमान्डर बनेर प्रदेश हाक्नेहरुले जरुर दिनुपर्छ ।
नेपाली समाज नियाल्दा सबैभन्दा बढी सांस्कृतिक विचलन राजनीतिक नेतृत्वमा रहेकाहरूको जीवनशैलीका कारण भएको देखिन्छ। दश/बाह्र वर्षअगाडि आफूलाई सर्वहारा घोषणा गरेका नेताको अहिले अर्बाैंको सम्पत्ति र ऐसआरामको जिन्दगी देखेपछि समाजको एउटा ठूलो तप्का रातारात धनी हुने ध्याउन्नमा छ। यो प्रवृत्तिका मान्छेलाई गैरकानुनी, अवैध, अनैतिक कुनै कुरासँग मतलब छैन। सम्पत्ति प्राप्तिका लागि संगठित अपराधसम्म गर्नसम्म ती पछि पर्दैनन्। कुनै व्यक्ति कसरी एकाएक धनी बन्यो भनेर खोजबिन नगर्ने बरु उसैको प्रशंसा गर्ने हाम्रो गलत बानीले गर्दा यस्तो प्रवृत्ति अरू झाँगिदै गएको छ।
दाहाललाई केहि समय अघि भएको नेकपा माओवादी केन्द्रका नेता, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकका प्रमुख स्वकीय सचिव दिलिप सोनी र पालुङटार नगरपालिकाका उपमेयर पम्फा बसेलबीचको जनवादी विवाहको घटनाले पनि घोच्नु पर्ने हो, जहाँ उनी स्वयं उपस्थित थिए ।
आफ्ना मुख्य नेता नै यसरी विचलित भइदिएपछि मातहतका नेता/कार्यकर्तालाई बाटो खुल्यो। पैसा, पद र प्रतिष्ठाका लागि हदैसम्म गिर्न थाले। युद्धकालमा भएका अन्तरजातीय जनवादी विवाह धमाधम विघटन हुन थाले। निजी विद्यालय बन्द गरेर हजारौं विद्यार्थीलाई अलपत्र पार्नेहरू आफैं करोडौं लगानी गरेर त्यस्तै विद्यालय तथा मेडिकल कलेज खोल्न थाले। अहिले लगभग सबै नेताको राजधानीमा महल छन्। गाडी छन्। पर्याप्त बैंक ब्यालेन्स छ। उनीहरूसँग एउटा चिज मात्र छैन। त्यो हो– नैतिक मूल्य।
चरम विलासी जीवनको उन्मादमा महरा प्रवृत्ति मौलाउँदै छ। अर्थात् राष्ट्रकै गरिमामय पद सभामुखजस्तो व्यक्ति तथा पार्टीको वरिष्ठ नेता नै परस्त्री गमनमा लिप्त। यो चर्चामा आएको एउटा नमुना घटना मात्र हो। भित्रभित्र यस्ता घटना कति होलान् कति ! जुन पद र पैसाका आडमा दबाइएका हुन्छन्। हिजो गरिब, दुःखी जनताका छोराछोरीलाई मुक्तिको सपना देखाएर युद्धमा हेल्ने कमान्डर जनार्दन शर्माकी छोरीको विवाह राजसी ठाँटबाँटभन्दा कुनै कम थिएन। अहिले दलबीच तुलना गर्दा माओवादी पनि दुर्गन्धित छ।
जनयुद्ध लड्ने धेरै युवाहरू जिन्दगी धान्ने आर्थिक अवस्था नभएर पैसा जुटाउन खाडी मुलुकमा पैसा कमाउन गइरहेका छन् । क्रान्तिकारी छलाङ मार्ने भनेकाहरू आफूले भनेको नयाँ व्यवस्थामा शून्य पनि परिवर्तन गर्न सकेनन् । बरु यही सामन्तवादी भनेर हिजो दुत्कारेको नकारात्मक संस्कृतिको अनुसरण गर्न पुगे । उनीहरुकै भाषामा त्यो तहको नेताले यस्तो विचलन अवलम्बन गर्दा कार्यकर्ता र जनताले के सिक्ने ? यस्ता धेरै प्रश्नहरू पार्टी भित्रबाट उठेका छन् तर नेतृत्व योबारे गम्भीर बनेर बहस गरेको दखिँदैन ।
कम्युनिष्टहरु परम्परामा विश्वास राख्दैनन । परिवर्तनमा विश्वास गर्छन । त्यही भएर पनि कम्युनिष्टहरुले परम्परावादी विवाह भन्दा प्रगतिशिल र जनवादी विवाहमा जोड दिदै आएका छन् । धेरै कम्युष्निट नेता र कार्यकर्ताले परम्परालाई तोडदै आफ्नो पार्टीको झण्डा मुनि रहेन जीवनभर पार्टीको झण्डा उठाउने र पार्टीमै रहने कसम खादै विवाह गर्ने गरेका छन् । यो प्रयोग सबै भन्दा बढी माओवादीले जनयुद्धको गरेको थियो । अहिले विस्तारै लोप हुँदै गएको छ । किनकी जसले हिजो जनवादी विवाह गर्न प्रोत्साहन गर्यो उही नै आज पाचतारे होटमा विवाह गराउने हैसियतम पुगि सक्यो ।
खुला राजनीतिमा आएपश्चात् यस्ता गतिविधि बढेका छन्। धेरैले भन्छन्, जनयुद्धको जस्तो अहिले खोजेर हुन्छ ? अहिले समाजमा चलि आएको संस्कार, संस्कृति नमानेर कसरी राजनीति गर्न सकिन्छ ? सर्वहारा वर्गको मुक्ति र सामाजिक सांस्कृतिक रुपान्तरणको लागि हजारौँ युवाहरूको बलिदानपूर्ण जनयुद्ध केका लागि थियो ? सर्वहारा वर्गको मुक्तिका लागि युद्ध छेडेका पार्टीको नेताले बिहेको ५० औँ वर्षगाठ यति झकिझकाउपूर्ण र भडकिलो गर्न सुहाउँछ ? हुन पनि, समारोहको हाउभाउ हेर्दा राजा–महाराजा, सम्भ्रान्त राणा परिवार, ठूलै उद्योगपति वा कुनै धनाढ्य परिवारको हो भन्न कर लाग्छ । कसैले पनि हिजो दस वर्षसम्म जंगलमा बन्दुक उठाएर राज्यसत्ता प्राप्त गर्ने युद्धमा खटिएका कुनै नेताको विवाहको सम्झनाको हो भनेर कल्पना गर्न सक्दैन ।
संसदीय राजनीति साँच्चै फोहोरी खेल रहेछ भनेर जनताले राज्यको प्रणाली नै परिवर्तन गर्न माओवादीलाई साथ दिए। जनताको ठूलो त्याग, तपस्या र बलिदानीबाट साढे १० वर्षपछि ‘जनयुद्ध’ उत्कर्षमा पुग्यो। यसबीच माओवादीले थुप्रै सांस्कृतिक मूल्य निर्माण गरिसकेको थियो। धार्मिक अन्धताबाट मुक्त हुने, जातीय भेदभाव÷छुवाछूतजस्ता कुप्रथा बहिष्कार गर्ने, सरल जीवनशैली अपनाउने, जनवादी शिक्षा, श्रम र श्रमिकको सम्मान आदि। शान्ति प्रक्रिया हुँदै सत्तामा पुगेपछि माओवादी फेरि त्यही पुरानै दलको विरासत थाम्न अझ १० हात उफ्रेर आयो।
व्यवस्था परिवर्तन, रूपान्तरण गर्न सकिएन भने, पुरानै व्यवस्थामा रहेका संस्कार, परम्परा, अर्थव्यवस्था मान्नु अन्तिम विकल्प रहन्छ । यही नियम अनुसार पुरानै रूढिवादी परम्पराको प्रयोग गरी नारायण दाहालले भड्किलो विवाह उत्सव गरेका छन् । युद्धकालीन समयमा उनीहरुले नेपाली जनताका छोराछोरीलाई जे कुरा सिकाए, त्यसैको प्रतिविम्बन अहिले उनीहरु स्वयम्ले भोगिरहेका छन् ।
हुनत: यसलाई व्यक्तिगत जीवन माथि अनावश्यक टिप्पणी गरेको पनि भन्न सकिन्छ तर नारायण दाहाल त एउटा राजनीतिक-सामाजिक क्रान्तिमा होमिएका योद्धा हुन । उनले कसैलाई जवाफ दिन आवश्यक नठाने पनि जनयुद्धका क्रममा घाइते भएका नैनबहादुर तामाङ्ग ‘जमिन’ लगायत हजारौं योद्धा, सहिद परिवार, बेपत्ता परिवारले अवश्य जवाफ खोज्नेछन् । संस्कृतिको गहिराइ व्यक्तिको स्वत्वसम्म हुने हुँदा सजिलै रूपान्तरण गर्न गाह्रो हुन्छ। तर दुनियाँमा साँच्चै बदलिने र बदल्ने चाहना भएका व्यक्तिले आफूलाई सफल बनाएका कैयौं उदाहरण छन्। नेपाली समाज रूपान्तरणका लागि पनि त्यस्तै परिवर्तनकारी नेताहरूको खाँचो छ।
दाहाललाई केहि समय अघि भएको नेकपा माओवादी केन्द्रका नेता, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकका प्रमुख स्वकीय सचिव दिलिप सोनी र पालुङटार नगरपालिकाका उपमेयर पम्फा बसेलबीचको जनवादी विवाहको घटनाले पनि घोच्नु पर्ने हो, जहाँ उनी स्वयं उपस्थित थिए । न बिहेका लागि सजिएको मण्डप, न पुरेत, न कुनै तामझाम, न त सुनचाँदीका गहना र महंगा बस्त्रमा सजिएका दुलाहा–दुलही । मञ्चमा बर–बधुले एक अर्कालाई टिका र माला लगाइदिए । दर्शक दिर्घाबाट ताली बजे । शुभेच्छुकहरुले नव विवाहित जोडीलाई शुभकामना दिए । र, बर बधु दुबैले एक अर्कालाई साथ दिने र पार्टी तथा क्रान्ति प्रतिको प्रतिबद्धता जाहेर गर्दै भाषण गरे अनि बिबाह सम्पन्न भएको थियो।
उनीहरुबीचको जनवादी विवाहले आजको पुजीवादी समाजलाई चुनौती मात्र दिएको छैन, आफ्नो बिरासत बिर्सिदै गएको माओवादी नेतृत्वलाई समेत सोँच्न बाध्य बनाएको छ । पम्फा बसेल २०५८ सालदेखि नै पार्टीमा सकृय छिन् । उनी नेकपा माओवादी केन्द्रको आठौँ राष्टिय महाधिवेशनमा पार्टीको केन्द्रिय सदस्य पदमा निर्वाचित भएकी छिन् । त्यस्तै, दिलिप सोनी पार्टीको विशेष प्रदेश सम्पर्क समन्वय समितिको सदस्य समेत रहेका छन् । सोनी र बसेलबीच सम्पन्न भएको जनवादी बिबाह समारोहमा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक तथा पार्टीका उच्च पदस्थ नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ