बिहिबार, साउन ३, २०८१

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि


कान्तिपथ


नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । राष्ट्रिय सभा गृहमा बस्ने बैठक २२ गतेसम्म चल्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए। एमसीसीलाई लिएर पार्टीभित्र तीव्र विवाद बढिरहेको बेला बैठक बस्न लागेको हो।

‘केन्द्रीय समिति बैठक २० गतेदेखि २२ गतेसम्म बोलाइएको छ। केही दिन लम्बिन सक्छ,’ ढकालले भने, ‘बैठकमा एमसीसी अनुमोदन, स्थानीय निर्वाचन, संगठन सुदृढीकरण र परिचालन तथा समसायिक विषय अजेण्डा हुन सक्छ। अरु आवश्यकता अनुसार थपिन सक्छ।’

एमसीसीका विषयमा पूर्वस्थायी समिति बैठकले निर्णय गरे पनि केन्द्रीय समितिबाट अनुमोदन हुने भएको छ। त्यस विषयमा अधिकांश नेताहरुले आलोचना गर्ने तयारी गरेका छन्।

पार्टीको आठौ महाधिवेशन विपरित गएर एमसीसी पारित गरिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गर्ने तयारी गरेका छन्। त्यसमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, लेखनाथ न्यौपानेलगायत नेताहरुले असन्तुष्टि पोख्दै आएका छन्।

एमसीसी पारितसँगै नेता श्रेष्ठले असन्तुष्टि जनाउँदै आएका छन् । यसबीचमा अध्यक्ष प्रचण्डले श्रेष्ठसँग दुईपटक छलफल गरिसकेका छन् । अध्यक्ष प्रचण्ड र श्रेष्ठबीच फागुन १७ गते र आज बिहान गरी दुई पटक छलफल भएको हो । श्रेष्ठले एमसीसीमा असन्तुष्टि जनाए पनि उनको चाहना पार्टीमा हुन गइरहेको पदाधिकारी चयन र कार्यविभाजनमा बार्गेनिङ नै हो भन्ने टिप्पणी भइरहेको छ । पदाधिकारीमध्ये पनि महासचिवका लागि ठुलो हानथाप भइरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत