मङ्लबार, जेष्ठ ६, २०८२

विप्लवसँग मिल्ने भिम रावलको संकेत


कान्तिपथ


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेटेपछि नेकपा एमालेका नेता भीम रावलले देशभक्तहरू एक हुने कुरा उचित भएको प्रतिक्रिया दिएका छन् ।

नेता रावलले सामाजिक सञ्जालमार्फत विप्लवले राष्ट्रिय स्वाधिनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन आग्रह गरेको उनले बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्– ‘आज नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो, देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो ।’

बिहीबार विहान विप्लव र नेता विश्वकर्मा रावललाई भेट्न उनको निवास टोखा पुगेका थिए । एमसिसीको विपक्षमा रहेकासँग मोर्चाबन्दी गर्न विप्लवले सक्रियता देखाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत