बिहिबार, फाल्गुन १, २०८१

ओलीसहित ८ एमाले सांसद आजबाट बिदा हुँदै


कान्तिपथ


आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० जना सांसद आज बिदा हुँदैछन्। यसरी बिदा हुनेमा सबैभन्दा धेरै एमालेका ८ सांसद छन्। उपाध्यक्ष शशिकला दाहालसहित २० सांसद आज बाहिरिन लागेका हुन्। त्यसका लागि साँझ पाँच बजे सिंहदरबार छेउको एक होटलमा कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उनीहरुलाई बिदाई गर्ने कार्यक्रम तय भएको छ।

आज बाहिरिनेमा राष्ट्रिय सभाका संसदीय समितिका तीन सभापति पनि छन् । दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण विडारी र विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ बाहिरिन लागेका हुन्। एमालेबाट बिदा हुने सुचीमा गायिका कोमल ओली समेत छिन।

कांग्रेसबाट राष्ट्रिय सभाको संसदीय दलका नेता सांसद राधेश्याम अधिकारी, राष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता दिनानाथ शर्मा, राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता सुमनराज प्याकुरेल पनि आजै बिदा हुँदैछन्।

प्याकुरेलसहित एमालेका अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल ओली, चक्र स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ र रामलखन चमार राष्ट्रिय सभाबाट बाहिरिँदैछन्।

माओवादी केन्द्रबाट दिनानाथ शर्मा, शशिकला दाहाल, खिमकुमार विक र जीवन बुढा बाहिरिन लागेका हुन्। एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर पनि राष्ट्रियसभाबाट बाहिरिँदैछन्।

कांग्रेसबाट राधेश्याम अधिकारी, दृगनारायण पाण्डेय र तारादेवी भट्ट राष्ट्रियसभाबाट बाहिरिन लागेका हुन्। राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारीको पनि आजै राष्ट्रिय सभाबाट बाहिरिँदैछन्। विडारी माओवादी केन्द्रको कोटामा राष्ट्रपपतिबाट मनोनित भएका सांसद हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत