बिहिबार, चैत्र ६, २०८१

४५ करोडमा बनेको कालिन्चोक केबलकारको पूर्वप्रधानमन्त्री ओलीद्वारा उद्घाटन


कान्तिपथ


मुलुककै तेस्रो केबलकारको रुपमा सञ्चालित कालिञ्चोक केबलकारको उद्घाटन शुक्रबार भएको छ । दोलखाको कालिञ्चोक भगवती मन्दिरमा सञ्चालनमा रहेको सो केबलकारको पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको थियो ।

कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटीले शुक्रबार बिहान केबलकारको उद्घाटन भएको जानकारी दिए । २०७५ सालबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको सो केबलकारको औपचारिक रुपमा उद्घाटन भने भएको थिएन ।

शुक्रबार दोलखाको शैलुङमा हुने एक साहित्यिक महोत्सवको उद्घाटनका लागि ओली त्यसतर्फ जान लागेका हुन् । ओलीको स्वागतको लागि दोलखा एमालेको एउटा टोलि हिजो नै कालिन्चोक पुगिसकेको थियो ।

केबलकारबाट मन्दिरसम्म पुग्न पाँच मिनेट मात्र लाग्ने उनले उनले बताए । कालिञ्चोकका कुरीसम्म सडकको अवस्था सुधार भएको र केबलकार निर्माण सुरु भएपछि सुविधा सम्पन्न होटलहरू समेत ३ दर्जन बढी खुलेका छन् । होटलको संख्या बढ्दै छन् । केबलकारबाट कुरी बजार र हिमालका मनोरम दृश्य नजिकबाट नियाल्न सकिन्छ । कालिञ्चोक केबुलकार ४५ करोड रुपियाँ लागतमा सम्पन्न भएको हो ।

स्वीस प्रविधिबाट निर्माण गरिएको केबुलकार मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ । केबुलकार सञ्चालनमा आएसँगै दोलखाको विकासका लागि सहज हुने विश्वास गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत