शुक्रबार, बैशाख ६, २०८२

माओवादीको केन्द्रिय समिति बैठक जारी


कान्तिपथ


नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौँको राष्ट्रिय सभा गृहमा साढे दुई घण्टा ढिलो गरी बैठक सुरु भएको हो । पूर्व निर्धारित कार्यतालिका अनुसार ११ बजेदेखि बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्र सुरु भएको हो ।

फागुन १५ मा एमसीसी अनुमोदनपछि माओवादीमा नारायणकाजी श्रेष्ठपक्षले असन्तुष्टि जनाउँदा चर्को मतभेद उत्पन्न भएको छ । बैठकमा श्रेष्ठले एमसीसीबारे लिखित रुपमै फरक मत दर्ज गर्ने तयारी गरेका छन् ।

गत पुसमा भएको आठौँ राष्ट्रिय महाधिवेशनपछि दोस्रो पटक बस्न लागेको यो बैठकमा एमसीसीबाहेक समसामयिक राजनीतिक परिस्थितिका साथै पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीलाई पूर्णता दिनेबारे छलफल हुनेछ ।

माओवादी स्रोतका अनुसार अध्यक्षमा प्रचण्डले बैठकमा मूलत एमसीसीबारे रिर्पोटिङ गर्नेछन् । त्यसपछि संगठनात्मक विषय एजेण्डामा समेटिएको छ । थपअनुसार केन्द्रीय समितिमा सदस्य थप्ने, पोलिटब्युरो, स्थायी र पदाधिकारी गठबन्धनबारे पनि छलफलका लागि एजेण्डा तय गरिएको छ । यस्तै कार्यविभाजन, स्थानीय तह निर्वाचनको तयारी र विविध विषय एजेण्डामा समेटिएको छ । विविधमा रामवृक्ष यादवको शालिकबारे र मसालसँगको एकताबारे भनेर राखिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत