सोमवार, बैशाख १५, २०८२

प्रचण्डसँगको सम्बन्ध २०५३ सालदेखिको हो: नारायणकाजी


कान्तिपथ


नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो सम्बन्ध कठिन क्षणमा पुगेको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रचण्डसँग आफ्नो २०५३ सालदेखिकै सम्बन्ध भएको बताएका छन् । तर अहिले प्रचण्डले नै पत्रकार सम्मेलन गरेर पार्टी छोड् भनेको उनले बताए ।

एक नेताका अनुसार श्रेष्ठले ऐतिहासिक मोडमा कसैले पनि गम्भीर गल्ती गर्न नहुने बताएका छन् । श्रेष्ठसहित पाँच नेताले अमेरिकी सहयोग परियोजना एमसीसी, व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पार्टी निर्णयको विरोध गरेका थिए ।

एमसीसी अनुमोदन भएको भोलिपल्ट १६ फागुनमा पत्रकार सम्मेलन गरेका प्रचण्डले श्रेष्ठको नाम लिँदै पार्टीमा फरक मत राख्न पाइने, तर कोही सेन्टिमेन्टमा आउन जरुरी नभएको बताएका थिए । बामदेव गौतमले एमाले फुटाएर माले बनाउँदा शुन्य सिट आएको भन्दै उनले भनेका थिए, ‘कसैलाई त्यही बाट हिड्न मन लाग्यो भने कसले रोक्न सक्छ र ?’

जारी केन्द्रीय कमिटीको बैठकमा लिखित धारणा प्रस्तुत गर्दै नेता श्रेष्ठले पार्टीभित्रको वैचारिक संस्कृतिमा गम्भीर विचलन आएको टिप्पणी गरेका हुन् ।

श्रेष्ठले पार्टी इतिहासकै गम्भीर मोडमा रहेकोले गल्ती गर्ने छुट कसैलाई नभएको समेत बताएका छन् । उनले पार्टी नेतृत्वले नोकरशाही, पुँजीपति र दलालहरुसँग साँठगाँठ गरेको आरोप लगाएका छन् ।

‘हाम्रो मुख्य समस्या वैचारिक संस्कृतिमा भयो । पार्टीभित्र नोकरशाही, पुँजीपति र दलालहरुसँग सँठगाँठ गर्ने प्रवृत्ति बढेको छ । नेतृत्व चरम व्यक्तिवादी बनेको छ’,श्रेष्ठको भनाई छ । उनले अमेरिका साम्राज्यवादी शक्ति भएकोमा माओवादीहरु भ्रमित हुन जरुरी नभएको भन्दै विकास आफै बलवुताले गर्न सक्नुपर्ने बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत