मङ्लबार, बैशाख ९, २०८२

१९ सांसदले आज शपथ खाँदै


कान्तिपथ


राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुको शपथ ग्रहण हुँदै छ। शनिबार बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा शपथ ग्रहण कार्यक्रम राखिएको छ।

माघ १२ गते सम्पन्न निर्वाचनमा १९ जना नयाँ सदस्य निर्वाचित भएका छन्। निर्वाचित १९ मध्ये १८ जना सत्ता गठबन्धनका उम्मेदवार छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश १ मा अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा मात्र विजयी भएका थिए। राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सदस्य निर्वाचित भएका थिए। सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरुको पदावधि सकिएको हो। २०७४ सालमा गठन भएको राष्ट्रिय सभाका सदस्यहरुमध्ये चार वर्ष पदावधि कायम भएकाहरुको पदावधि सकिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत