मङ्लबार, बैशाख ९, २०८२

‘फेक न्युज’ प्रसारण गर्नेलाई १५ वर्ष जेल


कान्तिपथ


रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो ।

सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि यता रुसी सञ्चारमाध्यमाथि २६ वटा विभेदपूर्ण व्यवहार गरेको जनाएको छ । साथै युक्रेनसँग संघर्ष चलिरहेका बेला सरकारी सञ्चारमाध्यम आरटी र आरआईए न्युज एजेन्सीमाथि प्रतिबन्ध लगाएको पनि रुसले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाका बारेमा ‘फेक न्युज’ प्रसारण गर्नेलाई १५ वर्ष जेल सजाय हुने कानुनमा समेत हस्ताक्षर गरेका छन् । पछिल्ला केही वर्षमा रुसी सरकार र ठूला प्रविधि कम्पनीबीच विवाद रहँदै आए पनि युक्रेनसँगको संघर्षका बेला झन् चर्किएको हो ।

त्यस्तै रुसी समाचार संस्था तास र इन्टरफ्याक्स न्युज एजेन्सीले पनि आफूहरूलाई ट्विटरमा प्रतिबन्ध लगाइएको बताएका छन् । ट्विटरले भने यसबारेमा कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत