देश छाडेर पोल्याण्ड भागेको समाचारहरुकाबीच युक्रेनी राष्ट्रपति भ्लादमिर जेलेस्कीको नयाँ भिडियो सार्वजनिक भएको छ। युक्रेनी राष्ट्रपति कार्यालयबाट जारी एक भिडियोमा उनले युरोपका मानिसहरुसँग युक्रेनको समर्थन गर्न आह्वान गरिरहेका छन्।
उनले युक्रेनको समर्थन नगर्ने हो भने रुसबाट युरोप सुरक्षित नहुने बताएका छन्। उनले भनेका छन्, ‘चुप नबस्नोस्, युक्रेनको समर्थन गर्नुस्। किनकी यदी युक्रेन बचेन भने पूरै युरोप बन्चे छैन।’ जपोरिजिया परमाणु संयन्त्र आक्रमणपछि जेलेस्कीले रुसमाथि परमाणु आतंकवादको आरोप लगाए। उनले युक्रेनमा १५ न्यूक्लियर रिएक्टर्स रहेको भन्दै यदी न्यूक्लियर विस्फोट भएमा पूरै युरोप समाप्पत हुने बताए ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सैन्य गठबन्धन नेटो तथा पश्चिमा मुलुकले रुसलाई युक्रेनमा बमबारी जारी राख्ने अनुमति दिएको आरोप लगाएका छन्। शुक्रबार उनले युक्रेनले निरन्तर ‘नो फ्लाई जोन’ घोषणा गर्न माग गर्दै आए पनि नेटोले त्यसको अस्वीकार गरेकोमा आपत्ति जनाएका हुन्। युक्रेनका नागरिकलाई सम्बोधन गर्दै टेलिभिजनमार्फत सन्देश दिने क्रममा जेलेन्स्कीले पश्चिमी मुलुकलाई अबको दिनमा रुसको आक्रमकता बढ्दै जाने कुरा थाहा भएको बताए।
उनले पश्चिमा मुलुकमाथि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका सहरमा बमबारी गर्ने अनुमति दिएको आरोप लगाए। ‘उनीहरुलाई यो थाहा छ कि हवाई आक्रमणमा अझै धेरै मानिसको मृत्यु हुने निश्चितजस्तै छ। नेटोले यो कुरा बुझेर पनि युक्रेनको हवाई क्षेत्रलाई बन्द नगर्ने घोषणा गरेको छ’ जेलेन्स्कीले भने।
राजधानी सहर किभबाट जारी गरेको सन्देशमा उनले थपेका छन्, ‘आज नेटो गठबन्धनको नेतृत्वले ‘नो फ्लाई जोन’ घोषणा गर्न अस्वीकार गरेर रुसलाई युक्रेनका सहर र गाउँहरुमा बमबारी जारी राख्ने अनुमति दिएका छन्।’
यसअघि नेटोका महासचिव येन्स स्टोलयनबर्गले युक्रेनको अवस्था भयावह भए पनि गठबन्धनको सेना हवाई वा जमिनको माध्यमबाट युक्रेनमा प्रवेश नगर्ने बताएका थिए। पश्चिमा मुलुकले ‘नो फ्लाई जोन’ बनाउँदा रुसले पश्चिमा मुलुकको विमानमाथि आक्रमण गर्न सक्ने र यो युद्ध झन् चर्किने आशंका रहेको बताउँदै आएका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ