शुक्रबार, बैशाख ६, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • वेस्ट ह्याममाथि लिभरपुलको संघर्षपूर्ण जित: साडियो मानेको गोल निर्णायक

वेस्ट ह्याममाथि लिभरपुलको संघर्षपूर्ण जित: साडियो मानेको गोल निर्णायक


कान्तिपथ


लिभरपुलले शनिबार इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याममाथि १–० को संघर्षपूर्ण जित निकाल्यो र शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दूरी तीन अंकमा छोट्यायो । एनफिल्डमा प्राप्त जितमा साडियो मानेले निर्णायक गोल गरे ।

हारले वेस्ट ह्याम शीर्ष चारबाट दुई अंकले पछाडि छ र उसले अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन प्रयास गरिहेका सबै टिमले भन्दा बढी खेल खेलेको छ । डेविड मोयसको टिमले लिभरपुलविरुद्ध शृंखलाबद्ध अवसर सिर्जना गरे पनि त्यसबाट फाइदा लिन सकेन । पेप ग्वार्डिओलाको सिटीले आइतबार एतिहाडमा हुने डर्बी खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।

लिगको शनिबार भएका अन्य खेलमा लेस्टरले लिड्सलाई १–०, एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४–०, चेल्सीले बर्नलीलाई ४–०, न्युकासलले ब्राइटनलाई २–१, व्रेन्टफोर्डले नरविचलाई ३–१ र क्रिस्टल प्यालेसले उल्भ्सलाई २–० ले हरायो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत