नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आइतबार दिउँसो २ बजेका लागि सारिएको छ । यसअघि सोही दिन बिहान ११ बजे बैठक बस्ने भनिएको थियो । बैठक आइतबार दिउँसो २ बजेका लागि सारिएको पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । बैठक बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने ढकालले जानकारी दिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदनका विषयमा उठेका प्रश्नको जवाफ दिनेछन् । पार्टीले केन्द्रीय कमिटी, पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो कमिटीलाई पूर्ण रुप दिन सकेको छैन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ