मङ्लबार, माघ २९, २०८१

अन्तिम चरणमा रुदिखोला मोटरेवल पुल


कान्तिपथ


रुदिखोला मोटरेवल पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । लमजुङ क्व्होलासोथार गाउँपालिका–६ पसगाउँमा निर्माण भइरहेको पुलको काम पाँच प्रतिशत मात्र बाँकी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । वडा नं ५को सिङ्दी, वडा नं ६ को पसगाउँ र कास्कीको मादी गाउँपालिका वडा नं ८ जोड्ने उक्त पुल यही फागुन महिनाभित्र सम्पन्न हुने उक्त कार्यालयका इञ्जिनीयर लोकेस राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब पुलमा रङ्गरोगन गर्नेलगायत काम मात्र बाँकी रहेकाले यसै महिनाभित्रमा सम्पन्न हुने उहाँको भनाइ थियो । विसंं २०७७ भदौ १४ गते बोलपत्र गरेर निर्माण अघि बढाइएको उक्त पुल आगामी चैत १३ गते सम्पन्न गर्ने सम्झौता भए पनि तोकिएको समय अगावै निर्माणकार्य सम्पन्न हुने भएको छ । प्रदेश सरकारको रु दुई करोड ८० लाख ६६ हजार ७४५को लागतमा निर्माण भइरहेको उक्त पुल निर्माण पछि दुबै जिल्लाका बासिन्दा लाभान्वित हुने भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत