सोमवार, बैशाख १५, २०८२

बिरयानी अड्डा तेस्रो वर्षमा, साथै उपत्यका बाहिर १४ वटा नयाँ शाखा संचालन गरिने


कान्तिपथ


केहि समय यता स्वदेशी ब्रान्ड वाला चेन रेष्टुरेन्टहरुले बजारमा आफ्नो नाम राख्न सफल हुदै गएका छन् । ति नै चेन रेष्टुरेन्टहरु मध्य आफ्नो छुट्टै नाम र पहिचान बनाउन सफल रहेको ब्रान्ड हो ‘बिरयानी अड्डा’ । बिरयानी अड्डा काठमाडौंको मध्य बानेश्वरबाट शुरु भएको थियो । युरोप र गल्फमा बसेर नेपालमै केहि गरौ भन्ने उद्देश्यका साथ फर्किएका चार जना युवाहरुले सो रेष्टुरेण्ट व्यवसाय सञ्चालनमा ल्याएका हुन् । भक्तपुर घर भएका राजन खनाल, रामेछापका नवराज कार्की र दोलखाका रविन पाण्डेसहित ४ जना मिलेर सो चेन रेष्टुरेण्ट शुरु गरेका हुन् ।

स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा सो चेन रेष्टुरेन्टले आफ्नो वार्षिकोत्सव मनाएको छ । कोभिड–१९ संक्रमणको पहिलो लहर शुरु हुनुभन्दा केही दिनअघि मात्रै शुरु भएको ‘बिरयानी अड्डा’ ले आफ्नो स्थापनाको दुई वर्ष पुरा गरेको छ । मध्य बानेश्वरमा बिरयानी अड्डा शुरु गरेको ११ औं दिनमा लकडाउन भएसँगै ‘होम डेलिभरी’ लाई केन्द्रमा राखेर व्यवसायलाई निरन्तरता दिदै अघि बढेको लगानीकर्ता मध्येका रविन पाण्डेले बताए । ‘होम डेलिभरी’का लागि बिरयानी अड्डाबाट चारजना राइडर खटिएका छन् ।

नाम अनुसार स्वादिस्ट बिरयानी र भारतीय परिकार पाइने सो चेन रेष्टुरेन्टमा बिरयानी बाहेक नेपाली स्वादिस्ट क्लासिक परिकारहरु पनि सर्भ गरिने संचालक बताउछन । अड्डामा भक्तपुरमा पाइने माटोको भाँडामा विरयानी पाक्छ । खानाका पारखीहरु माझ आफ्नो नाम राख्न सफल यस चेन रेष्टुरेन्टले मध्य बानेश्वर बाट शुरु गरेर हाल बालुवाटार र पेप्सीकोलास्थित मनोहरामा बिरयानी अड्डाले आफ्नो शाखा विस्तार गरेको छ । ३ वटा शाखामा ८२ जनालाई रोजगारी दिएको बताउँछन् सञ्चालक मध्येका राजन खनाल । खनाल भन्छन्– ‘कोभिड–१९ संक्रमणको बाबजुद शाखा विस्तार गर्दा नाफा कमाउन नसकेपनि सन्तुष्टि मिलेको छ ।’

युवा व्यवसायीले व्यवसायको नारा बनाएका छन्–‘देशले ठुलो गफ हैन, विदेशबाट फर्केको हर्के दाइको सीप खोज्दैछ ।’ ५ वर्षभित्र काठमाडौंमा ८ लगायत, काठमाडौंबाहिर १४ वटा बिरयानी अड्डाको नयाँ शाखा विस्तार गर्ने सोच र तयारी रहेको संचालकहरु बताउछन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत