सोमवार, माघ २८, २०८१

मेक्सिकोको फुटबल खेलमा भएको हिंसामा २२ जना घाइते


कान्तिपथ


२२ फागुन मेक्सिकोको फुटबल खेल जारी रहेको अवस्थामा शनिबार हिंसा भड्कँदा कम्तीमा २२ जना घाइते भएका छन् । मैदानमा नै झडप हिंसा फैलिएपछि खेल रद्द गरिएको थियो । क्वेरेटारो शहरको ला कोरेगिदोरा स्टेडियममा क्वेरेटारो र एटलसबीचको खेल – ‘२०२२ क्लाउसुरा फुटबल प्रतियोगिता’को नवौं राउन्डमा ६३ औं मिनेट चल्दै थियो । यसैबीच विपक्षी र प्रशंसकहरुबीच झगडा शुरु भएको थियो ।

सुरक्षा गार्डहरुले प्रशंसकहरूलाई सुरक्षित स्थानमा पुग्न अनुमति दिन स्टेडियमको ढोका खोल्दा, कोही–कोहीले खेल रोक्न र खेलाडीहरूलाई लकर कोठामा पठाउन बाध्य पारेर हानाहान जारी राखेका बताइएको छ ।अराजक दृश्यहरू देखा परेको जनाइएको छ । मानिसको मृत्यु भएको कुनै समाचार प्राप्त भएको छैन । तर २२ जना घाइते र ती मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । क्वेरेटारो राज्यको नागरिक सुरक्षाले खेल रद्द भएको जानकारी दिएको छ ।

क्वेरेटारो क्लबले एक विज्ञप्ति प्रकाशित गरी हिंसाको निन्दा गरेर र हिंसामा जिम्मेवार जो कोहीविरुद्ध कडा कारबाही माग गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत