शुक्रबार, बैशाख ६, २०८२

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ १३ वर्षयताकै उच्च


कान्तिपथ


अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ सन् २००८ यताकै उच्च विन्दुमा पुगेको छ। अमेरिकाले रुसबाट आउने तेलमा प्रतिबन्धको तयारी गरेसँगै त्यसको असर तेलको भाउमा देखिएको हो।

रुसले युत्रेनमाथि आक्रमण सुरु गरेसँगै विश्व बजारमा निरन्तर तेलको भाउ बढ्दो क्रममा छ। एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको भाउ १३९ डलर पनि नाघेको छ। यद्यपि पछि घटेर यो भाउ १३० डलर प्रतिब्यारेलसम्म आइपुगेको थियो।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै विश्वव्यापीरुपमा ऊर्जा क्षेत्रमा त्यसको प्रत्यक्ष असर देखिएको छ। यससँगै निरन्तर ऊर्जाको भाउ पनि बढिरहेको छ। अमेरिकाले इरानको तेलमाथिको प्रतिबन्ध जारी राखेको अवस्थामा अर्को तेल उत्पादक मुलुकमाथिको प्रतिबन्धले विश्वभर इन्धनको भाउ बढ्न सक्ने आशंका बढेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत