शुक्रबार, बैशाख ६, २०८२

कालिमाटीमा स्रोत नखुलेको डेढ करोड भेटियो


कान्तिपथ


प्रहरीले स्रोत नखुलेको डेढ करोड रूपैयाँसहित काठमाडौंको कालिमाटी क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कालिमाटीबाट १ करोड ५० लाख रुपैयाँ रकमसहित एकजना भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको रकम हुन्डी कारोबारका लागि जम्मा गरिएको आशंका गरेको छ ।

महाशाखाका अनुसार पक्राउ पर्नेमा अमित अग्रवाल र बिक्की खड्गी छन् । उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए ।

भारतको सिलुगुडीका अग्रवाल हाल काठमाडौं महानगरपालिका १३ ताहाचलमा बस्दै आएको प्रहरीले जनाएको छ । खड्गी भने कालिमाटीकै भएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूका बिरुद्ध थप अनुसन्धान भइरहेको एसपी कोइरालाले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत