रामेछाप जिल्लामा पर्यटन प्रबर्धन गर्ने मुख्य उदेश्य सहित तामाकोसी नदीमा र्याफ्टिङ सेवा सञ्चालनमा ल्याएको छ । हल्देदेखि सदरमुकाम मन्थलीसम्म र्याफ्टिङ सेवा सञ्चालमा आएको हो । विगतमा सञ्चालनमा आएर बन्द भएको सेवा पुनः सुरु गरिएको छ । शनिवारबाट दैनिक रुपमा र्याफ्टिङ सेवा सुरु भएको र्याफ्टिङ व्यवसायी निराजन रायमाझीले बताए ।
उनका अनुसार तत्कालको लागि हल्दे बेसीदेखि मन्थलीको आकाशेसम्म र्याफ्टिङ सेवा सञ्चालन हुनेछ । हाल दैनिक रुपमा दुई वटा बोट मार्फत सेवा सञ्चालन हुँदै आएको छ । एक पटकमा दुइ ओटा बाेटमा १८ जना सम्म सवार गर्न सकिने छ । र्याफ्टिङमा एक जना बराबार एक हजार रुपैयाँ शुल्क राखिएको छ । नेपाल रिभर रनर र सेन्ड फ्लाइ टुर्स एण्ड ट्राभलले संयुक्त रुपमा सेवा सुरु गरेका हुन् ।हल्देदेखि मन्थलीको आकाशेसम्म र्याफ्टिङ गर्न डेढ घण्टाको समय लाग्ने गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ