शुक्रबार, बैशाख ६, २०८२

शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा किन भेला भए २७ जना ?


कान्तिपथ


शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम आजदेखि सुरु भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा आयोजित सातौँ समूहको उक्त तालिमको रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गरे ।

राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामबारे ज्ञान र बुझाइ आदानप्रदान गर्ने तालिमको उद्देश्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तालिम शुभारम्भ गर्दै रक्षा सचिव शर्माले राष्ट्रिय रणनीतिक योजना र नीति तर्जुमा गरी कार्यान्वयन गर्न गैरसैनिक एवं सुरक्षासँग सम्बन्धित निकायबीचको समझदारी अभिवृद्धि गर्न तालिमबाट योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले तालिमको महत्वबारे जानकारी गराए । आगामी चैत ११ गतेसम्म सञ्चालन तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, विभिन्न मन्त्रालय, नेपाल रेडक्रसका वरिष्ठ अधिकारी र सञ्चारकर्मीसहित २७ जना सहभागी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत