बुधबार, पुस २, २०८२

विद्यार्थीका नेताहरु सहित माओवादीको केन्द्रिय समितिमा ९७ जना मनोनित


कान्तिपथ


सत्तारुढ दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले बाँकी केन्द्रीय सदस्यको चयन गरेको छ । केन्द्रीय समितिको बैठकले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको हो । सो संख्या माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाचन गरिरहेका छन् । स्थायीय तहको चुनाव नजिकै आइसकेकाले चुनाव लक्षित कार्ययोजना र कार्यविभाजन गर्दै बैठक आजै सक्ने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ । जसमध्ये क्रान्तिकारीका ६ जना निवर्तमान विद्यार्थी नेता परेका छन् ।

क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ, सो कमिटीका उपाध्यक्षहरु सुरेन्द्र बस्नेत, विजय गौतम, दीपक देवकोटा, लितकराज भण्डारी र महासचि उत्तम अधिकारी सहित ६ जना केन्द्रीय सदस्य चयन भएका हुन् । यस्तै पूर्व अध्यक्षहरु रमेश मल्ल र नरेन्द्र न्यौपाने नेताहरु रत्न ढकाल लगायत पनि केन्द्रीय सदस्य चयन भएका छन् । सो संख्या माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाचन गरिरहेका छन् ।

८औं राष्ट्रिय महाधिवेशनले निर्देश गरेका बाँकी काम सक्ने, केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन गर्ने, चुनाव केन्द्रीत कार्ययोजना र कार्यविभाजन गर्ने र समसामयीक राजनीतिमा उठेका प्रश्नहरुमा पार्टीको आधिकारीक धारणा तय गर्न केन्द्रीय समिति बैठक बसेको थियो ।

शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए भने बरिष्ठ नेता नारायणकाजीले एमसीसी परियोजनाका विषयमा फरक मत राखेका थिए । नेता कृष्णबहादुर महराले पनि देव गुरुङ, लिलामणी पोख्रेल लगायतका तर्फबाट लिखित फरकमत राखेका छन् । आइतबार बस्ने भनिएको बैठक आजका लागि स्थगित भएको थियो । स्रोतका अनुसार एमसीसीको विषयका फरक मतलई माओवादीले पार्टीको सम्पत्तिका रुपमा ग्रहण गर्ने तर अनुमोदन गर्ने औपचारिक निर्णय गर्ने तयारी छ ।

शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए भने बरिष्ठ नेता नारायणकाजीले एमसीसी परियोजनाका विषयमा फरक मत राखेका थिए । नेता कृष्णबहादुर महराले पनि देव गुरुङ, लिलामणी पोख्रेल लगायतका तर्फबाट लिखित फरकमत राखेका छन् । आइतबार बस्ने भनिएको बैठक आजका लागि स्थगित भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत