नेकपा माओवादी केन्द्रको थपिएको ९७ केन्द्रीय समितिमा छोरी गंगा दाहाल र ज्वाँई जिवन आचार्यसमेत परेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको ९७ नयाँ केन्द्रीय सदस्यमा छोरी र ज्वाँई समेत परेका हुन् ।
माओवादीमा यस अघि कायम रहेका २४६ केन्द्रीय सदस्यमा दाहाल र आचार्यसहित ९७ सदस्य थप हुँदा केन्द्रीय समिति ३ सय ४३ सदस्यीय बनेको छ । स्थायीय तहको चुनाव नजिकै आइसकेकाले चुनाव लक्षित कार्ययोजना र कार्यविभाजन गर्दै बैठक आजै सक्ने तयारी रहेको बैठकमा सहभागी एक केन्द्रिय सदस्यलले बताए ।
क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ, सो कमिटीका उपाध्यक्षहरु सुरेन्द्र बस्नेत, विजय गौतम, दीपक देवकोटा, लितकराज भण्डारी र महासचि उत्तम अधिकारी सहित ६ जना केन्द्रीय सदस्य चयन भएका हुन् । यस्तै पूर्व अध्यक्षहरु रमेश मल्ल र नरेन्द्र न्यौपाने नेताहरु रत्न ढकाल लगायत पनि केन्द्रीय सदस्य चयन भएका छन् । सो संख्या माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाचन गरिरहेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ