नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले रामेछापको आठ वटा स्थानीय तहको इन्चार्ज चयन गरेको छ । नेकपा माओवादी केन्द्र रामेछापका सचिव तारानारायण श्रेष्ठले आठ वटै स्थानीय तहका इन्चार्जको टुंगो लगाइएको पत्रकारलाइ जानकारी दिए ।
मन्थली नगरपालिकामा शकंर बोहोरा, रामेछाप नगरपालिकामा शिशिर खड्गी, लिखु तामाकोसी गाउँपालिकामा धुव्र कार्की, गोगुलगंगा गाउँपालिकाकामा प्रज्ञान खड्का, उमाकुण्ड गाउँपालिकामा सरिता रसाईली (कार्की), खाँडादेवी गाउँपालिकामा गंगा बुढाथोकी, दोरम्बा शैलुङ गाउँपालिकामा कमानसिंह माेक्तान र सुनापति गाउँपालिकाको इन्चार्जमा पेमा लामालाई जिम्मेवारी दिएको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ