बिहिबार, साउन ३, २०८१

त्यसपछि छोरीज्वाइँको नाममा टिपेक्स लाग्यो !


कान्तिपथ


काठमाडौंमा जारी केन्द्रीय समितिको सोमबारको बैठकमा दाहालले ९७ जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुपर्ने प्रस्ताव गरेका थिए । त्यो सूचीमा दाहालकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यसमेत थिए ।

केन्द्रीय समिति सदस्यहरूले दाहाल र आचार्यलगायत ४७ जनालाई कुन आधारमा केन्द्रीय सदस्यमा मनोनित गर्न खोजेको भन्ने प्रश्न गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनीहरूको विरोध भएपछि ५० जनाको नाम मात्रै पारित भएको हो । जसमा महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेका ३७ जना, ९ जना मधेसी र ४ जना दलित समूहबाट मनोनित भएका छन् ।

छोरी गंगा दाहाल खसआर्य महिलाअन्तर्गत बागमतीबाट समेटिएकी थिइन् भने ज्वाइँ जीवन आचार्य खसआर्य युवा अन्तर्गत प्रदेश १ बाट समेटिएका थिए। छोरी ज्वाइँलाई केन्द्रीय कमिटीमा प्रस्ताव गरेपछि प्रचण्डको विरोधमा टीकाटीप्पणी भएको थियो। तर अन्तिम समयमा छोरी र ज्वाइँ केन्द्रीय कमिटीमा अटाएनन्।

निर्वाचनको मुखमा आफ्नै मान्छेहरुलाई केन्द्रीय कमिटीमा ल्याउँदा पार्टीलाई क्षति पुग्ने भन्दै केन्द्रीय नेताहरुले नै विरोध गरेपछि ४७ जनाको नाम हाललाई हटाइएको एक केन्द्रीय सदस्यले बताए। बाँकी ४७ जना निर्वाचनपछि जेठ २० गते बस्ने केन्द्रीय कमिटीले मनोनीत गर्ने बताइएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत