पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच कुटाकुट भएको छ । उपाध्यक्ष चौधरीले गाउँसभाबारे जानकारी माग्दा अध्यक्षको समूहले हातपात गरेको आरोप लगाएकी छन् । अध्यक्ष जैसवालले भने सामान्य वादविवाद हुँदा उपाध्यक्षले नै आफूमाथि पानीको बोत्तल हिर्काइ दुर्व्यवहार गरेको दाबी गरेका छन् ।
गाउँपालिकाका अन्य कर्मचारीहरूका अनुसार उपाध्यक्षले अध्यक्षलाई चप्पलले समेत हिर्काएकी थिइन् । जुन सीसीटीभी क्यामेरामा कैद भएको उनीहरू बताउँछन् ।
उपाध्यक्ष चौधरीले अध्यक्षले अपशब्द प्रयोग गरेपछि आफू बाध्य भएर चप्पल उठाउनु परेको बताउँछिन् । अध्यक्षकै निर्देशनमा वडाध्यक्ष लगायतको समूहले आफूलाई एउटा कोठामा चुकुल लगाएर केही समय थुनेको पनि उनले बताएकी छन् ।
‘कुटपिटले मेरो शरीरमा डाम बसेको छ,’ उनले भनिन्, ‘छाती र पिठ्युँमा चोट लागेको छ । कारबाहीको लागि प्रहरी प्रशासनमा जाहेरी दिन्छु ।’ उता अध्यक्ष जैसवालले समेत उपाध्यक्ष विरुद्ध उजुरी दिने बताएका छन् । अध्यक्ष र उपाध्यक्षको झगडाले सोमबार दिनभर गाउँपालिका बन्द रहेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ