शुक्रबार, जेष्ठ ३, २०८२

एमालेका जिल्ला कमिटी सदस्य सहित नेताहरु माओवादी प्रवेश


कान्तिपथ


नेकपा (एमाले) का सर्लाही जिल्ला कमिटी सदस्य मुलाजिम मन्सुरसहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान खुमलटारमा आयोजित एक कार्यक्रममा नेता मन्सुरसहितका नेता कार्यकर्तालाई अबिर र माला लगाएर आफ्नो पार्टीमा स्वागत गरेका हुन्। मन्सुर सर्लाहीको चन्द्रनगर निवासी हुन्।

सोही कार्यक्रममा महन्थ ठाकुर नेतृत्वको लोसपाबाट जागेश्वर यादव, वडाध्यक्ष जगसिश साह तेली लगायत सयौँ नेता कार्यकर्ता पनि माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्र हरिवन नगर समितिका अध्यक्ष अर्जुन पन्तले जानकारी दिए।

कार्यक्रममा माओवादी केन्द्रका नेताहरु प्रल्हाद बुढाथोकी, गणेश साह, सांसद रामेश्वर यादव र राधेश्याम पासवान लगायतको सहभागिता थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत