शुक्रबार, बैशाख ६, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव


कान्तिपथ


पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो ।

अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ । पाकिस्तानको संसदमा ३४२ सदस्य छन् । इमरान खानको पार्टी पीटीआईसँग संसदमा १५५ सिट छ । उनको सरकार गठबन्धनका सहयोगी दलहरुको समर्थनमा चलिरहेको छ ।

सरकारका प्रमुख साझेदार दल पाकिस्तान मुस्लिम लीग कायद-ए-आजम र मुत्ताहिदा कौमी मुभमेन्ट हुन् । पूर्व राष्ट्रिय क्रिकेट खेलाडी इमरान खानले पाकिस्तानको प्रधानमन्त्री पद सन् २०१८ को अगष्टदेखि सम्हालिरहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत