बिहिबार, बैशाख ११, २०८२

रोल्पा उद्योग वाणिज्य सङ्घमा आचार्य


कान्तिपथ


रोल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित हुनुभएको छ । आचार्यले निकटतम प्रतिद्वन्द्वी वसन्त सुवेदीलाई तीन मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

निर्वाचन अधिकृत तुलसी जिसीका अनुसार आचार्यले ४३७ प्राप्त गर्दा सुवेदीले ४३४ मत प्राप्त गर्नुभएको थियो । एक हजार २१८ मतदाता रहेको सङ्घको निर्वाचनमा ९८५ मत खसेको थियो । मङ्गलबार भएको मतदानको अन्तिम मतपरिणाम राति अबेर घोषणा भएको थियो । सदस्यमा अशोक आचार्य, इन्द्रबहादुर महरा, ऋषिराम रिजाल, चन्द्रबहादुर बुढा, दीपककुमार श्रेष्ठ, विशेष घर्ती क्षेत्री, रञ्जु पोख्रेल, शिवराज आचार्य र सुरेन्द्र थापा विजयी हुनुभएको छ ।

सङ्घको दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ । गत माघ ४ गतेका लागि तय भएको निर्वाचन कार्यक्रम कोरोनाको नयाँ भेरियन्टको प्रभावसँगै स्थगन भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत