मङ्लबार, जेष्ठ ६, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • एक्जिट पोल भन्छन: पञ्जाबमा आम आद्मी पार्टीका भागवान्त मन मुख्यमन्त्री

एक्जिट पोल भन्छन: पञ्जाबमा आम आद्मी पार्टीका भागवान्त मन मुख्यमन्त्री


कान्तिपथ


भारत उत्तर प्रदेश, पञ्जावलगायतका विधान सभाको निर्वाचनको मतगणना बिहीबारबाट सुरु हुँदैछ। मतगणनाअघि विभिन्न संस्था तथा सञ्चारमाध्यमका एक्जिट पोलले पञ्जाबमा आम आद्मी पार्टीले सरकार बनाउन सक्ने सम्भावना बलियो छ।

पञ्जाबका ११७ सिटमा आम आद्मी पार्टी (आप)ले यसपटक बहुमत ल्याउने एक्जिट पोलले देखाइरहेका छन्। दिल्लीमा दुई कार्यकाल निरन्तर जितिरहेको आपले पहिलोपल्ट पञ्जाबमा पकड जमाउने देखिएको हो।

पञ्जाबमा आपले ६५ देखि ८० सिट जित्ने एक्जिट पोलमा देखिएको छ। पञ्जाबमा बीजेपी चौथो दल हुने अवस्था छ। विजेपीले १० नकटाउने एक्जिट पोलमा देखिएको छ। आपलाई कांग्रेस र अकाली दलले चुनौती दिनेछन्।

कांग्रेस २५ देखिन ३५ सिटमा समेटिने देखिएको छ भने अकाली दलले बढीमा २५ सिट ल्याउने देखिएको छ। आपले पन्जाबमा जनतालाई सोधेर मुख्यमन्त्रीका उम्मेदवार छनोट गरेको थियो। ‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियानअन्तर्गत आपले फोन र सामाजिक सन्जालमार्फत् राय मागेको थियो।

९३ प्रतिशतले भागवान्त मनलाई मुख्यमन्त्री बनाउनुपर्ने मत प्रकट गरेका थिए। अभियानमा २२ लाखको हाराहारीमा जनता सहभागी थिए। सन् २०१४ देखि लोकसभा सदस्य रहेका उनी २०१९ मा पञ्जाबबाट लोकसभा चुनाव जित्ने एक मात्र आप उम्मेदवार हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत