सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेकपा एमालेबाट निर्वाचित अध्यक्ष केदार क्षेत्रीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा भित्राएका हुन् ।
क्षेत्री गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बलेफी गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए। क्षेत्रीसहित एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य सुभाष सुन्दास र युवा नेता कृष्ण क्षेत्री कांग्रेसमा प्रवेश गरेका छन्।
सभापति देउवा मङ्गलवार सानेपामा तीनै जनालाई कांग्रेसको सदस्यता प्रदान गरी पार्टी प्रवेश गराएका छन् । उक्त कार्यक्रममा कांग्रेस उपसभापति पूर्णब्बहादुर खड्का पनि उपस्थित थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ