सोमवार, बैशाख १५, २०८२

२ दिनमा युक्रेनको राजधानी किभ कब्जा गर्ने पुटिनको दाउ !


कान्तिपथ


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किभलाई दुई दिनमा कब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले बताएका छन् । मङ्गलबार एउटा संसदीय सुनुवाइको क्रममा बोल्दै बर्न्सले अमेरिकी सांसदहरूलाई चेतावनी दिँदै भने ‘मलाई लाग्छ अहिले पुटिन आक्रोशित र हताश छन् । गैरसैनिक हताहत हुने कुरालाई बेवास्ता गर्दै उनले अझ बल गरेर युक्रेनी सेनालाई दमन गर्ने प्रयास गर्न सक्ने सम्भावना छ ।’

पुटिन धेरै वर्षदेखि गुनासो र महत्त्वाकाङ्क्षाको एउटा ज्वलनशील मिश्रणमा तड्पिएको उनको भनाइ उदृत गर्दै बीबीसीले लेखेको छ । फेब्रुअरी २४ मा युक्रेनमाथि भएको रुसी पुटिनको गहिरो निजी दृढ विश्वासका कारण भएको उनले टिप्पणी गरे ।

किभमा फेरि विस्फोट भएको छ । त्यस वरपरको क्षेत्रमा पनि केही मिनेटअघि विस्फोटन भएको सुनिएको हो । किभमा फेरि हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको छ । किभले पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारवाहीको गतिलाई सुस्त बनाएको दाबी गरेको छ । रुसी सेनामाथि सशक्त प्रतिकार गरेको बताइरहेका बेला युक्रेनको पछिल्लो भनाई आएको हो । रुसी सेनाले मिसाइल र बम हमलाको सहारा लिएको पनि युक्रेनले जनाएको छ ।

यसैबीच रुस र युक्रेनका विदेशमन्त्रीहरू टर्कीमा भेट्ने भएका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमिट्रो कुलेबाले टर्कीमा भेटवार्ता गर्ने रुसी विदेश मन्त्रालयले पुष्टि गरेको छ ।

२४ फेब्रुअरीमा युक्रेनमा रुसी आक्रमण सुरु भएपछि यो दुईबीचको पहिलो भेट हो । लाभरोभ अन्टाल्यामा अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा जानेछन् र कुलेबासँग उनको सम्पर्क त्यहाँ हुने योजना छ, रुसी राज्यको स्वामित्वमा रहेको समाचार आउटलेट आरआईए नोवोस्तीले बुधबार बिहान विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

हालसम्म बैठक मार्च १० मा बस्ने र कूटनीतिक मञ्चको बैठक मार्च ११ मा बस्ने बताइएको छ । रुस र युक्रेनबीचको शान्ति वार्ता अहिलेसम्म कुनै ठोस सम्झौता हुन सकेको छैन भने चुनौतीपूर्ण साबित भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत