मङ्लबार, माघ २७, २०८२

एमसिसीले देशको अर्थतन्त्रमा टेवा पु¥याउँछ : नेता सिंह


कान्तिपथ


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)ले नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने बताउनुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उहाँले एमसिसी नेपालको हितमा रहेकाले कांग्रेसले प्रतिपक्षमा रहेको बेलामा पनि एमसिसीको वकालत गरेको बताउनुभएको हो ।

“एमसिसी मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउने काममा लगानी हुन थालेकाले नेपालको हितमा छ भनेर कांग्रेसले सरकार र प्रतिपक्षमा हुँदा आवाज उठाउँदै आएको हो”, उहाँले भन्नुभयो । उहाँले विपक्षी दलले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताउनुभयो ।

नेता सिंहले केही दलले एमसिसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गर्दै हिँडेकोमा आपत्ति जनाउनुभयो । “के एमसिसी राष्ट्रघाती भएको भए संसद्बाट पारित हुन्थ्यो त ?”, उहाँले प्रश्न गर्नुभयो । एमसिसीका बारेमा जनतालाई घरघरमा गएर बुझाउने जिम्मा कांग्रेसको काँधमा आएको उहाँको भनाइ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत