बिहिबार, बैशाख ११, २०८२

माओवादीबाट जितेका रंगेलीका मेयर एमाले प्रवेश


कान्तिपथ


मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल एमाले प्रवेश गरेका छन्। अहिले रंगेलीमा जारी रहेको एमालेको जनसभामा बगडियालाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा भित्र्याएका हुन् ।

माओवादी केन्द्रबाट नगर प्रमुखमा निर्वाचित बगडिया आफ्ना समर्थकहरुसहित एमाले प्रवेश गरेका हुन्। स्थानीय तहको कार्यकाल सकिएर अर्को चुनाव घोषणा भएपछि उनले एमाले प्रवेश गर्ने सार्वजनिक घोषणा गरेका थिए। बुधबार ओलीको हातबाट अबिर लगाउँदै मेयर बगडियाले एमाले प्रवेशको औपचारिकता पूरा गरेका हुन् ।

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले मंगलबार मात्रै प्रेस विज्ञप्ति जारी गर्दै उनलाई ‘पार्टी हित विपरित काम गरेको’ भन्दै पार्टीबाट निष्कासन गरिएको र नगर प्रमुख पदबाट पदमुक्त गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको जनाएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत