बिहिबार, बैशाख ११, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • विधानसभा निर्वाचन: उत्तर प्रदेशमा भाजपा, पञ्जाबमा आम आदमी बहुमत नजिक !

विधानसभा निर्वाचन: उत्तर प्रदेशमा भाजपा, पञ्जाबमा आम आदमी बहुमत नजिक !


कान्तिपथ


भारतको पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना अहिले चलिरहेको छ। भारतको उत्तर प्रदेश, पञ्जाब, उत्तराखण्ड, गोवा र मणिपुरमा भएको विधानसभा निर्वाचनको मतगणना सुरु भएको हो।

मतगणनाको प्रारम्भिक नतिजा आउने क्रम पनि सुरु भइसकेको छ। प्रारम्भिक नतिजाअनुसार उत्तर प्रदेशको ४०३ मध्ये २१२ सिटको प्रारम्भिक नतिजा आउँदा १२० सिटमा भारतीय जनता पार्टीको गठबन्धन अगाडि छ भने ८२ सिटमा समाजवादी पार्टीको गठबन्धनले अग्रता लिएको छ।

त्यस्तै पञ्जाबमा आम आदमी पार्टी (आप)ले बहुमत सिटमा अग्रता लिएको छ। पञ्जाबको ११७ सिटमध्ये ७४ सिटमा आपले अग्रता दिएको छ। त्यस्तै कांग्रेसले २२ र शिअद गठबन्धनले १७ सिटमा अग्रता लिएको छ।

उत्तराखण्डमा भाजपा बहुमतनजिक देखिएको छ। भाजपाले ७० मध्ये ३५ सिटमा अग्रता लिएको छ। कांग्रेसले ३१ स्थानमा, आप र अन्यले २/२ स्थानमा अग्रता लिएका छन्।

मणिपुरमा ६० मध्ये ५४ सिटका प्रारम्भिक नतिजा आउँदा भाजपाले २६ सिटमा अग्रता लिएको छ भने एनपीपी गठबन्धन १७ स्थानमा अगाडि छ।

गोवाको ४० सिटमध्ये २० सिटमा यूपीए गठबन्धन अगाडि देखिएको छ। भाजपा १४ सिटमा अगाडि छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत