दक्षिण कोरियाको नयाँ राष्ट्रपतिमा पिपल पावर पार्टीका युन सुक यओल चुनिएका छन्। बुधबार भएको राष्ट्रपतीय चुनावको अन्तिम मतपरिणामअनुसार सत्तारूढ दल डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जाइ म्योङलाई पराजित गर्दै युन सुक यओल निर्वाचित भएका हुन्।
यओलले कुल खसेको मतको ४८.५६ प्रतिशत ल्याउँदा म्योङले ४७.८३ प्रतिशत मत पाएको समाचारहरुमा उल्लेख छ।
कानुनी पृष्ठभूमिका यओल दक्षिण कोरियाका पूर्वमहान्यायाधीवक्ता हुन्। वर्तमान राष्ट्रपति मुन जाइ इनको कार्यकाल आगामी मेमा सकिएपछि यओलले कार्यभार सम्हाल्नेछन्
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ