नेकपा एमाले रामेछापका नेता झम्क कँडेल एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमालेको गत जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षमा उम्मेदवारी दिएका कँडेले एमाले छोडेर एकीकृत समाजवादीका प्रवेश गरेका हुन् । ३१ बर्ष एमालेको सक्रिय राजनीति गरेका उनी एमालेको पूर्व जिल्ला उपसचिव भएर समेत काम गरेका थिए ।
यसैबीच एकीकृत समाजवादीले कँडेललाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । बुधवार बसेको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकमा कँडेल केन्द्रीय सदस्यको हैसियतमा बैठकमा सहभागी भएका थिए ।
आठौं जिल्ला अधिवेशन अन्तर्गत निर्वाचनमा उम्मेदवारी दिएका २ जनाले मनोनयन फिर्ता लिएपछि आनन्द श्रेष्ठ निर्विरोध अध्यक्ष बनेका थिए । अध्यक्ष पदका लागि प्रेम तामाङ र झम्क कँडेलले उम्मेदवारी दिएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ