शनिबार, मंसिर २०, २०८२

पञ्जाबमा दुइतिहाई नजिक आम आदमी पार्टी


कान्तिपथ


भारतको पञ्जाबमा भएको विधानसभा निर्वाचनमा आम आदमी पार्टी (आप) बहुमततर्फ अग्रसर देखिएको छ। अहिले जारी रहेको मतगणनाको प्रारम्भिक नतिजाअनुसार पञ्जाबको ११७ सिटमध्ये ८९ सिटमा आपले अग्रता लिएको छ। सुरुवातमा लिएको अग्रतालाई बचाइराख्न सक्ने हो भने आपले पञ्जाबको विधानसभामा दुई तिहाइ बहुमत हात पार्नेछ।

अघिल्लो विधानसभा निर्वाचनमा केवल २० सिट जितेको आप यसपटक कांग्रेसलाई पछि पार्दै निर्वाचनमा ऐतिहासिक जिततर्फ उन्मुख देखिएको हो। अघिल्लो विधानसभा निर्वाचनमा ७७ सिटमा जित हात पारेको कांग्रेसले १३ सिटमा मात्रै अग्रता लिएको छ।

आपले अहिलेसम्म भारतको दिल्लीमा मात्र आफ्नो जित हात पारेको थियो। सन् २०१३ मा पहिलोपटक दिल्लीमा जित हात पार्दै आप सरकारमा आएको थियो। तर, आपले सरकार चलाउन थालेको ४८ दिनमा नै मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिए। त्यसपछि १ वर्षभन्दा लामो समय दिल्लीकाे मुख्यमन्त्री पद खाली भएपछि सन् २०१५ मा निर्वाचन भयो र पूर्ण बहुमतसहित आपको सरकार बन्यो। त्यसयता आप निरन्तर सत्तामा छ। यद्यपि अन्य राज्यमा भने यो पार्टीले सरकार चलाएको छैन।

यसपटक पञ्जाबमा आपको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा भगवान्त मनलाई अघि सारेको छ। उनी लोकसभामा पञ्जाबबाट जित्ने आपका एकमात्र सांसद हुन्। उनलाई उम्मेदवारको रुपमा छान्न आपले पञ्जाबमा नागरिकहरुबाट राय लिएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत